FAQs Complain Problems

समाचार

कुशे गाउँपालिकाको संक्षिप्त परिचय।

कुशे गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत पर्ने पहाडी जिल्ला जाजरकोटको साविकको निर्वाचन क्षेत्र नं. १ का  ढिमे र पैंक तथा क्षेत्र नं. २ का साविकका पजारू, टालेगाउँ र अर्छानीलाइ सम्मिलन गरी बनाइएको एक स्थानीय तह हो। समुन्द्री सतहबाट १ हजार ७५ मिटर उचाइवाट सुरु भएको यो गाउँपालिका सवैभन्दा उचाइमा रहेको कुशे गाउँपालिका अन्तर्गत पर्ने  कुशे पाटन ४ हजार ३ सय ८८ मिटर उचाइमा रहेको छ । कुशे पाटन गाउँपालिकामा पर्ने सरुगाड र चैयागाड दुइ ठुला जलाधारको प्रमुख श्रोत समेत हो । महत्वपूर्ण विभिन्न प्रजातिय जडिबुटी बहुमुल्य रत्नपत्थर काइनाइट टुरमालिन पाइने यस क्षेत्रमा कुशे पाटनको फेदीमा विश्वको दुर्लभ रेडपाण्डा को बास स्थान रहेको छ । जिल्लाकै सामरिक महत्व बोकेको जुम्ला र जाजरकोटको सिमाको रुपमा रहेको कुशे पाटन भएकोले नै कुशे पाटनको नामबाट गाउँपालिकाको नाम पनि कुशे गाउँपालिका राखिएको हो । यो क्षेत्र विशेष गरी फलफूल उत्पादनको पकेट क्षेत्रको रूपमा लिइएको छ । साविक ढिमे गाविसमा सुन्तला र आलुको व्यवसायीक खेती गरिन्छ भने साविक टालेगाँउ र अर्छानी गाविसमा काइनाइट र टुर्मालिन प्रशस्त मात्रामा पाइन्छ । यस गाउँपालिकाको कूल जनसंख्या  २० हजार ६ सय २१ जना रहेको छ भने यसको क्षेत्रफल २७३.९७ वर्ग किलोमिटर रहेको छ । 

गाउँपालिकाको संक्षिप्त परिचय

कुसे  गाउँपालिका थर्पु भार्मा

क्षेत्रफल (वर्ग कि.मी) : २७३.९७ वर्ग कि मी

वडा संख्या: ९

जनसंख्या (२०६८ को जनगणना अनुसार): २०६२१

गाउँपालिकाको सिमाना 

पूर्वः नलगाड नगरपालिका र भेरी नगरपालिका

पश्चिमः  जुनिचाँदे गाउँपालिका

उत्तरः जुम्ला र बारेकोट

दक्षिणः छेडागाड नगरपालिका र भेरी नगरपालिका